दिला शाहको 'स्पन्दन' बिमोचन

२०७९ मंसिर १६

नेपालगन्ज / गितकार दिला शाहको गीति एल्बम स्पन्दन शुक्रबार नेपालगन्जमा बिमोचन गरिएको छ । शाहकी माता देवा शाहको सम्मानार्थ एल्बम बिमोचन गरिएको हो ।

बास नेपाल र दिदी बहिनी समाज बाँकेको सयुक्त आयोजनामा चर्चित साहित्यकार, गितकार, रचनाकार दिला शाहको एकल रचना रहेको गीति एल्बम बिमोचन गरिएको हो ।

चर्चित गाएक तथा सङ्गितकार सागर अधिकारी शरदले सङ्गित गरेको उक्त एल्बममा तीन वटा गीत समाबेश गरिएको छ भने गीतमा चर्चित गायिका अस्मिता अधिकारी, रचना रिमाल र सागर अधिकारीको स्वर रहेको छ ।

तिमिलाई सम्झेको पल, चिन्या छैन जान्या छैन, नजाउ टाढा कतै बोलका ३ ओटा गीत रहेको उक्त एल्बमको प्रज्ञा प्रतिष्ठानका पुर्ब सदस्य सचिब, वरिष्ठ साहित्यकार सनत रेग्मीले बिमोचन गर्नुभएको हो ।

बिमोचन कार्यक्रममा शिक्षाविद किरण आचार्य, सङ्गितकार तथा गायक सागर अधिकारी, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्की, अप्टिमिस्ट क्लब अफ नेपालगन्जका निर्देशक पुर्ण ढकाल, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । बिमोचन कार्यक्रमको अध्यक्षता दिदि बहिनी समाजकी अध्यक्ष रमा देबि शाहले गर्नुभएको थियो ।

कार्यक्रममा तिमिलाई सम्झेको पल गीति एल्बमको श्रव्य दृश्य सार्बजनिक गरिएको थियो । कार्यक्रममा साहित्यकार दिला शाहद्वारा आमा नामक कबिताको श्रव्य दृश्य प्रस्तुत गरिएको थियो भने सङितकार सागर अधिकारीले आफ्नै आवाजमा रहेको नजाउ टाढा गित गाउनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्