Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिम्रुतुमा निशुल्क आँखा चेक जाँच शिविर

२०७९ मंसिर १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकामा आजबाट सुरु भएको निशुल्क आँखा जाँच शिबिरको क्रममा आज २ सय २३ जनाले सेवा लिएका छन् ।

नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा, त्रिबेणी गाउँपालिकाको आयोजना र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा शिबिर सुरु भएको हो ।

आँखा जाच गराए मध्य २८ जनालाई मोतियाविन्दुको समस्या देखिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ४१ जनालाई निशुल्क चस्मा पनि वितरण गरिएको छ । भोली वडा नम्वर १० पेउघामा शिबिर हुने छ ।

जिल्लाको सानीभेरी, बाँफिकोट गाउँपालिकामा यो भन्दा पहिलानै शिबिर सम्पन्न भैसकेको छ । शिबिरमा मार्फत मोतियाविन्दुको समस्या देखिएकाहरुको लागि सल्लेमा निशुल्क अप्रेसन शिबिर संचालन हुने प्रमुख केसीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्