Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तकसेरामा पहिलोपटक ल्याव सेवा उद्घाटन

सुत्केरीका कुरुवा समेतलाई भान्साघर निर्माण
२०७९ मंसिर १७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पहिलोपटक ल्याव सेवा शुभारम्भ भएको छ । गाउँपालिकाको वडा नम्बर १० मा रहेको तकसेरा स्वास्थ्य चौकीमा ल्याव सेवासँगै सुत्केरी कुरुवा भान्छा घरको आज एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाको समन्वयमा ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेड तथा सर्वङ्गिन विकास केन्द्र (एच.डि.सी.) को आर्थिक सहयोगमा निर्माण भएका २ कोठे सुत्केरी कुरुवा घर आज उद्धघाटन गरिएको हो । गत भदौ १९ गते सम्झौता गरिएको उक्त भवन निर्माण पश्चात आज उद्धघाटन गरिएको हो ।

स्वास्थ्य चौकीमा एक्सरे सेवा र ल्याव सेवा समेत शुभारम्भ गरिएपछि स्थानीयवासीहरु खुुशि भएका छन् । गाउँपालिकामै ल्याव परिक्षणका लागि सेवा संचालन भएपछि अब रुकुमकोट तथा जिल्ला बाहिर ल्याव परिक्षणको लागि जानुपर्ने बाध्यथा हटेको बताइएको छ ।

स्थानीय लिमा पुन आफ्नै ठाउँमा ल्याव सेवा सहितका सुविधा हुने भएपछि खुसी भएको बताउनुहुन्छ । रगत जाँच देखि लिएर अन्य ल्याव जाँच गराउन सदरमुकाम सम्म पुग्ने गरेको दुख सुनाउदै उहाँले अब भने सहज भएको बताउनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का मिना नेपालीले पहिलो बच्चा जन्माउन स्वास्थ्य चौकीमा आएको बेला आफूसँगै आएका आएका परिवारका सदस्यहरुलाई बस्ने व्यवस्था नहुदा घरमै फर्किएर सुत्केरी हुनुपरेको बताउनुभयो । अब आगामी माघमा दोस्रो सन्तान जन्मने मिति रहेकोलेको अब भने सुत्केरी कुरुवा भान्छा घर संचालनमा आएपछि स्वास्थ्य चौकीमै डेलीभरी गराउन सहज हुने उहाँले बताउनुभयो ।

गाउँपालिकाको ३ लाख, एच.डि.सी. को ३ लाख र ६२ हजार ६८३ रुपैयाँ ३७ पैसा जनश्रमदान गरी जम्मा ६ लाख ६२ हजार ६८३ रुपैयाँ ३७ रुपैयाँको लगानीमा भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

ग्रामिण स्वास्थ्य सुधार परियोजना (फेयर मेड) तथा सर्वङ्गिन विकास केन्द्रले स्वास्थ्य चौकीमै रहेको बर्थिङ्ग सेन्टरका आवश्यक पर्ने सुत्केरी बेड सहित विभिन्न ६२ आईटमका सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ । सुत्केरी हुनका लागि बर्थिङ्ग सेन्टर स्थापना भएता पनि आवश्यक सामाग्री नहुदा हुने समस्यालाई मध्यनजर गर्दै सामाग्रीहरु हस्तान्तरण गरिएको एचडिसीका कार्यकारी निर्देशन लिलामणी गौतमले बताउनुभयो ।

१० नम्बर वडा अध्यक्ष भरत बुढाको अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव, एचडिसीका कार्यकारी निर्देशक लिलामणी गौतम, स्वास्थ्य कार्यालयका ल्याव टेक्निसयिन निम प्रसाद गिरी, गाउँपालिकाका लेखा प्रमुख नवराज खड्का लगाएतको उपस्थिती रहेको थियो ।

तकसेरा स्वास्थ्य चौकीका ईन्चार्ज बिरभान बोहोराको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समिर गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्