Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाँच लाख सहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

बाँके २९ बैशाख ।
tribeni2

बाँकेमा पाँच लाख घूससहित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् ।

राप्तिसोनारी गाँउपालिका स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुना घुस रकमसहित पक्राउ परेका हुन् ।

सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिइसकेको अबस्थामा उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्