Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरस्वती माविमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

२०७९ मंसिर १७
tribeni2

दाङ / दांगको घोराहिस्थित सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले प्रथम सेमेष्टर अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत गरेका हुन । दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र लक्ष्मण वलिको अध्यक्षता एवम् सरस्वती मावि डिप्लोमा तह सूचना प्रबिधी कार्यक्रमका कोर्डिनेटर हेमराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव आगन्तुक विद्यार्थी टीका र खादा लगाएर स्वागत गरिएको हो ।

धार्मिक एव पर्यटकीय स्थल दाङको धारापानीमा वनभोज कार्यक्रमका बीच स्वागत गरिएको हो । सो अवसरमा गीत, गजल, कविता, मुक्तक र नृत्य प्रस्तुत गरिएको थियो ।

दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र सुवास वलिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षकहरू कुलशेखर शर्मा र उज्ज्वल अधिकारी, विद्यार्थीहरु सुमित्रा शाह, प्रीती चौधरी, शिव वलि, राहुल बुढा मगर, लक्ष्मी यादव, हिमाल केसि, पारस न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण छात्र विजय बि.क. ले गर्नु भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्