Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा बिष्णु बुढाथोकी चयन

२०७९ मंसिर १८
tribeni2

रुकुम पश्चिम / खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज रुकुम पश्चिमको अध्यक्षमा बिष्णु बहादुर बुढाथोकी चयन हुनुभएको छ ।

शनिबार मुसिकोट नगरपालिका १ बाल मन्दिरमा भएको प्रथम जिल्ला अधिवेशनबाट बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।

समाजको उपाध्यक्षमा चित्रबहादुर बुढाथोकी, सचिबमा कुल बहादुर बुढाथोकी, कोषाध्यक्षमा सरिता बुढाथोकी चयन हुनुभएको छ । अधिबेशनबाट पदम बहादुर बुढाथोकीको संयोजकत्वमा ६ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय सदस्य देवी बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा समाजका केन्द्रीय सदस्य जगत बुढाथोकी, सुर्खेत जिल्ला शाखाका अध्यक्ष सुरेन्द्र बुढाथोकी, सल्यान जिल्ला अध्यक्ष चन्द्र बहादुर बुढाथोकी, नेपाली काँग्रेसका सह सचिब यज्ञ बिष्ट, समाजबादी मुसिकोटका अध्यक्ष दिपकराज खड्का, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, मालपोत कार्यालयका नायब सुब्बा राजेन्द्र विसि, सामाजिक अभियान्ता गोबिन्द बुढाथोकी लगायतको आथित्यता रहेको थियो ।

समाजले सामाजिक हित, एकता, शान्ति, कुल तथा वंशको पहिचानका लागि काम गर्ने जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्