नेभिगेशन
घटना/दुर्घटना

सुन्तला बोकेको मिनीट्रक माछिमीको मोडमा पल्टियो

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ मा मिनीट्रक दुर्घटना भएको छ।

रा १ ख २९१६ नम्बरको ट्रक सानीभेरी गाउँपालिका ११ बाट सुन्तला लिएर दांगको तुलसीपुरतर्फ जाँदै गर्दा माछिमी गाउँको मोडमा आईतबार राती ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । ट्रक मोडमा घुम्दा एक्कासि सडकमै पल्टिएको बताईएको छ ।

क्षतिको पुरा विवरण आउन बाँकि रहेको बताईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना