Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : निर्वाचन खर्च बुझाउनेमा राप्रपाका निर्जल केसी पहिलो उम्मेदवार

२०७९ मंसिर १९
tribeni2

रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) बाट उम्मेदवार बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्जल केसीले आफ्नो चुनावी खर्च विवरण बुझाउनु भएको छ ।

सोमबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उहाँले चुनावी खर्च विवरण बुझाउनु भएको हो । मङसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको क्रममा भएको खर्चको विवरण बुझाउनेमा उहाँ पहिलो उम्मेदवार हुनुभएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उहाँले आफ्नो चुनावी खर्च एक लाख ३२ हजार सात सय मात्र भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनु भएको छ । केसीका अनुसार प्रचार प्रसार सामाग्री, सवारी साधन प्रयोग र अन्य प्रचारका गविविधिमा उक्त खर्च भएको हो ।

जिल्ला निर्वाचन कार्यालय रुकुमपश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार जिल्लामा १२ जनाको उम्मेदवारी कायम भएको थियो । प्रतिनिधिसभा सदस्यमा ६ जना, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा तीन जना र प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) मा तीन जनाको उम्मेदवारी कायम रहेको थियो ।

निर्वाचन ऐन, २०७४ अनुसार मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्