Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तकसेरा स्वास्थ्य चौकीलाई ५० हजार नगद सहयोग

२०७९ मंसिर १९
tribeni2

रुकुम पूर्व / रुकुम पुर्वको एक व्यक्तिले एक स्वास्थ्य चौकिलाई नगद सहयोग गर्नुभएको छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका –१० का सुर्यबहादुर बुढाले सोहि स्थानको तकसेरा स्वास्थ्य चौकीलाई नगद ५० हजार रुपियाँ सहयोग गर्नुभएको हो ।

समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उपचारमा सहयोग पुग्ने विश्वासका साथ नगद सहयोग प्रदान गरिएको बुढाले बताउनुभयो । उपचारको लागि खर्च अभावमा कुनै पनि गर्भवती तथा सुत्केरी महिलाले समस्या झेल्नु नपरोस् भनेर स्वास्थ्य चौकीमा रुपिँया जम्मा गरिदिएको बुढाले जनाउनुभयो ।

स्वास्थ्य चौकीमा आउन तथा थप उपचारका लागि बाहिर जान आर्थिक अभाव भएको खण्डमा बिरामीलाई उक्त रकम प्रदान गरिने स्वास्थ्य चौकीका इन्चार्ज बिरभान बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीले उक्त रकम उपचारपछि फिर्ता गर्ने र सोहि कोषमा जम्मा गरेर अन्यलाई सहयोग गरिनेगरी व्यवस्था मिलाएको छ ।

उक्त रकम स्वास्थ्य चौकी व्यवस्थापन समितिको मातहतमा रहने जनाईएको छ । युकेको सेनामा कार्यरत बुढाले आफ्नो सानो सहयोगले गाउँघरका दिदिबहिनीहरुको उपचारमा ठुलो मदत हुने आशा राखेको उल्लेख गर्नुभयो । आगामी दिनहरुमा स्वास्थ्य चौकीलाई थप सहयोग गर्ने समेत उहाँको भनाई रहेको छ ।

उहाँ पुथा उत्तरगंगा गाउँपालिका १० का तेज बुढा र आमा मन्जानी बुढाको छोरा हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्