Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महालक्ष्मीद्वारा मृत्यु दावी रकम भुक्तानी

२०७९ मंसिर १९
tribeni2

रुकुम पश्चिम / महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड रुकुम शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका -८ का सोनिया बुढालाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो ।

महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड रुकुम शाखाका कार्यालय प्रमुख ब्युझना पुन देवकोटाका अनुसार सोनियाका श्रीमान पूर्णबहादुर बुढाको असामयिक निधन भएको र उहाँले गरेकाे जीवन बीमा काे आधारमा मृत्यु दावी रकम भुक्तानी गरिएको हो ।

मृतक बुढाले महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडमा पाँच लाख बराबरको जीवन बीमा गर्नुभएको थियो । आज एक कार्यक्रमका बीच बिमितको इच्छाईएको व्यक्ति उहाँको श्रीमती सोनियालाई १० लाख ७५ हजार बराबरको रकम उपलब्ध गराइएको हो ।

बिमितको आकस्मिक मृत्युबाट हुने आर्थिक क्षति न्युनिकरण गर्न बीमालेखमा ईच्छाईएको व्यक्तिलाई मृत्यु दावी रकम उपलब्ध गराइएको शाखा प्रमुख पुनले बताउनुभयो ।

महालक्ष्मी सावधिक आजीवन बीमा योजना अन्तर्गत जीवन मीमा गर्नुभएका मृतक बुढाले बार्षिक ४० हजार ४२५ को दरले तीन किस्ता रकम जम्मा गर्नुभएको महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड रुकुम शाखाले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्