Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
आइपियल क्रिकेट

आइपियलमा मुम्बइको कब्जा: १ रनको रोमान्चक जीत

काठमाडौं ३० बैशाख ।
tribeni2

आइपियल क्रिकेटको यस सिजनको उपाधी मुम्बई इन्डियन्सले जितेको छ । गएरातीको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजीत गरेको हो । मुम्बईको आइपियलमा यो चौंथो जीत हो ।

हैदरावादको राजीव गान्धी स्टेडियममा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रनमात्र बनाउन सक्यो ।

मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन बनाए ।

बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए । चेन्नईका लागि शेन वाट्सनले ८० रन बनाए पनि हार टर्न सकेन । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे ।

जितसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ । यसअघि मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा पनि आइपीएल उपाधी जीतेको थियो । सन् २०१७ मा पनि मुम्बईले राईजिङ पुणे सुपरजाइन्ट्समाथी एक रनको जित निकाल्दै आईपीएलको उपाधि जितेको थियो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्