Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा प्रधानाध्यापकहरुलाई अभिमुखिकरण

२०७९ मंसिर १९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले प्रधानाध्यापकहरुको लागि बार्षिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार गाउँपालिकाको केन्द्र सिम्लीमा एक कार्यक्रमका बीच गाउँपालिका क्षेत्रमा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापकहरुलाई योजना प्रक्रिया, योजना निर्माण कार्य, गुणस्तरिय शिक्षा, बालमैत्री शिक्षा लगायतका बिषयमा अभिमुुखिकरण गरिएको हो । यसका साथै चालु वर्षमा संचालन हुने शैक्षिक गवितिधिहरुबारे जानकारी दिईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपाससिं बिष्टले अभिमुखिकण कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

अभिमुखिकरणमा गाउँपालिका भरमा ४१ वटा सामुदायिक विद्यालयका ४१ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । अभिमुखिकण कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक प्रेमबहादुर विष्टले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्