Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ८ मा रोकिराखेको मोटरसाइकलमा आगजनी

२०७९ मंसिर २०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ८ मा रोकिराखेको मोटरसाइकलमा आगजनी भएको छ । आईतबार साँझ ७ः३० बजे रा ५ प ७०३३ नम्बरको मोटरसाइकल आगजनी भएको हो ।

मोटरसाइकल धनी भीमप्रकाश पाण्डेका अनुसार आफूहरुले मोटरसाइकल रोकेर साथीको बिहेमा जान भनेर केही अगाडि बढ्ने बित्तिकै आगलागी भएको बताउनु भएको छ । उहाँका अनुसार सँगै रोकेर राखेका अन्य दुई वटा बाइकमा भने कुनै क्षति भएको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यस पिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्