Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आफ्नै श्रीमानद्वारा श्रीमतीको वीभत्स हत्या

२०७९ मंसिर २१
tribeni2

सुर्खेत / सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको वीभत्स हत्या गरेका छन् । 

हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिडिरहेको स्थानियले बताएका छन् । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

३० वर्षीया मिना आलेमगरलाई आलेले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो । 

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्