Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा प्रधानाध्यापकहरुलाई पेशागत विकास तालिम दिइँदै

२०७९ मंसिर २१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापकहरुलाई पेशागत विकास तालिम दिने भएको छ । नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागी पेसागत विकास तालिम सञ्चालन गर्ने भएको हो।

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७९र८० को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार नै नगरपालिका क्षेत्र भित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको पेशागत विकासका लागी दुई दिने तालिम सन्चालन गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार तालिम मंसिर २६ र २७ गते नगर सभाहलमा हुने छ ।

प्रधानाध्यापकहरुको नेतृत्व विकास ,शिक्षण , भौतिक पूर्वाधार निर्माणमा सहजीकरण ,प्रशासकीय कार्य लगायतका विषयमा तालिममा दिईने छ । नविनतम् रप्रविधि मैत्रीपूर्ण वातावरणमा बालबालिकालाई शिक्षा दिलाउने उद्देश्यले तालिक सन्चालन गर्न लागेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्