कविता : थाङ्ने साहु

२०७९मंसिर २१

सय कडा तीनको दरले
ब्याजमा पैसा लगाउदै
गाउँभरी धनी कहलिएका
मेरा गाउँका थाङ्ने साहु
अनि म !

प्राय, म कसैको गुहार माग्दैनथे
कसैले गुहारे पनि खासै हेर्दैनथे
तर,
बा बुवा बनेपछि
दाइ दाजु बनेपछि
बर्षौ देखि नधोएको जाकेट
बर्षौ पुराना चुडिएका चप्पल
प्याट -प्याट पट्काउदै
गाउँभरी डुल्ने ती बुढा मान्छे
खोज्दै गए,
भेटिन्छन कि भनेर ती थाङ्ने साहु

सुनेको थिए !
ब्याजको पनि स्याज लिन्छन
सुनेको थिए
घर हेरेर ऋण दिन्छन
गोराचारको ऋण मलाई पनि चाहियो
मैले पनि गर्नुथ्यो केहि नयाँ
त्यसैले त खोज्दै गए
सोध्दै गए
कता होलान थाङ्ने साहु


- बिपि रावत
सानिभेरी गाउँपालिका ७ सहरे रुकुम (पश्चिम)
हाल : घोराही दाङ

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्