Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सत्यमोहन जोशी

सत्यमोहन जोशी: सय वर्षमा एकदिन ‍–जे देखियो (तस्विर र भिडियो सहित)

काठमाडौं ३१ बैशाख ।
tribeni2

सोमबार एकाबिहानै ललीतपुरस्थित संस्कृतीविद् सत्यमोहन जोशीको निवासमा परिवार आफन्त र शुभेच्छुकको भिड लाग्यो । ९९ वर्ष पुरा भएर १०० वर्ष अर्थात शताब्दी प्रवेश गरेका जोशीलाई आफन्त परिवारले शुभकामना दिन निवासमै कार्यक्रम आयोजना गरेका थिए । सगुनविधि र राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश ग्रहण गरेपछि जोशीलाई आफ्नो महानगरले शताव्दी जन्मोत्सव मनाईदिन लागेकाले तयार हुनुथियो ।

आफन्त र नगरका कर्मचारी राजनैतीक दलका नेता कार्यकर्ता विभिन्न संघ संस्थाका प्रतिनिधीले जोशीलाई बग्गीमा सवार गराउन काम थाले । नेपाल प्रहरी नेपाली सेनाको ब्यान्ड बाजा र स्थानीयहरुको झाँकी तथा धिमेबाजा घन्किन थाल्यो ।

ललीतपुरको मंगलबजारदेखी सुरुभयो शताव्दीपुरुष जोशीको रथयात्रा । पाटन कृष्णमन्दिर हुँदै हजारौँ ललीतपुरवासीको माझमा मुसुक्क मुस्कान सहित जोशीको यात्रा नगरपरिक्रमाको थियो । अगाडी पछाडी हजारौ नागरीक शुभेच्छुकको विचमा बग्गीमा सवार जोशीको हात प्राय नमस्कारको मुद्रामा जोडिरहेको थियो । घरका झ्याल ढोका र छतबाट जोजोलोप्पा भनेर हात जोडेका स्थानीयलाई उनी मुस्कानसहित के छ भन्ने पारामा हात हल्लाउँथे । संगै बसेका नगरप्रमुख चिरिवावु महर्जनले उनलाई साथ दिन्थे । नेपाली सेना प्रहरी र शशस्त्रको व्यान्ड बाजामा सायदै ललीतपुरवासी पनि जोशीजस्तै प्रफुल्ल थिए ।

जोशीलाई बग्गीमा लगनखेल जावलाखेल हुँदै पुल्चोकबाट ललीतपुर महानगर प्रवेश गराईयो । सय वर्षको उमेरमा पनि उनको जोश कुनै युवाको भन्दा कम थिएन् । बग्गीबाट झरेर कार्यक्रम स्थल महानगर बगैँचामा बनेको ललीत मञ्चमा पुग्नुपर्ने थियो । बग्गीबाट उठेर उनले सबैलाई हेरे र हाँसेर हात हल्लाए नमस्कार गरे ।

महानगर प्रमुखले आड दिन खोजेपनि जोशी आफैँ झरे र ठमठमती हिडे ललीत मन्च तर्फ । उनलाई सुरक्षा दिन प्रहरी सहित स्काउट र अन्य स्वयंसेवीले घेर्दै मन्चमा पुर्याउए ।

आसनग्रहणको क्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र भारतीय राजदुत मन्जीव सिंह पुरी प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सांसद र अन्य अतिथिहरुसंग जोशीले उस्तै प्रफुल्ल मुद्रामा नमस्कार संगै के छ भन्ने हालखबर सोधीरहे । महानगरले नगरभित्रका अरु सय वर्ष पुगेका ज्येष्ठ नागरीकलाइ स सम्मान मन्चमा बोलायो । कसैले सहारा दिएर मन्चमा पुर्यारएका उनीहरुलाई जोशी मिठो मुस्कानसहित स्वस्थ जीवनको उर्जा दिन्थे ।

जोशीको सम्मानमा महानगरभरी विदा थियो । हजारौंको संख्यामा उपस्थित नागरीकलाई कार्यक्रम स्थल साँघुरो भयो ।

अतिथिहरु बोल्ने क्रम सुरु भयो, काठमाडौं महानगरका प्रमुख शाक्य प्रमुख जिल्ला अधिकारी जोशी सांसदहरु तथा भारतीय राजदुत मञ्जिव सिहं पुरी सम्म सबैले उहाँको मुक्तकण्ठले प्रशंशा गरे ।

उनीहरुको प्रशंशामा संस्कृतीविद् जोशी धन्यवाद भाव देखाईरहे । जोशीको नेपाली साहित्य नेपाल भाषा र नेपाली संस्कृतीलाई विश्वसामु पुर्यावउन गरेको योगदानलाई सबैले सहृदयबाट सम्मान गरिरहँदा आडैमा बसेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जोशीलाई हेर्दै राज्यको उच्च सम्मान दर्शाइरहन्थे ।

मन्चमा कावा प्रधानमन्त्री पोखरेल ललीतपुर महानगरपालिका काठमाडौं महानगरपालिका उपत्यका नगर फोरम लगायतलले सम्मान स्वरुप सम्मान पत्र हस्तान्तरण गरे । खादा लगाइदिए । माल्यार्पण गरे । महानगरले नेवारी संस्कार नेपाली परम्पराअनुसार सगुन खुवायो । सगुन खुवाउनेमा थिए कावा प्रधानमन्री । दिएको सगुन सहर्ष स्विकार्दै जोशिले खाइदिए । हेर्नेका लागि यो रोमान्चक दृष्य सबैले आफ्नो क्यामरामा कैद गर्न व्यस्त थिए ।

महानगरको तर्फबाट कावा प्रधानमन्त्री पोखरेलले जोशीलाई फेटा लगाईदिए । संगै उनले मन्चमा अरु ज्येष्ठ नागरीकलाई पनि परम्पराअनुसार सगुन दिए ।

करिब करिब बोल्ने अतिथिको पालो सकिएपछि प्रस्तोताले जोशीलाई बोल्नका लागि आव्हान गरिन । गलाभरी माला खादा र दोसल्ला भिरेर माईको अगाडी पुगेका जोशीलाई गलाका माला दोसल्ला भारी भएनन् । उमेर १०० तर उनको बोलीमा बुढ्यौली झल्किएन् । जोजोलोप्पा नमस्कार भन्दै बोल्न सुरु गरेका जोशीले सुरुमा नेपाल भाषामै सम्बोधन गरे । जोशीका पारखिले अनवरत तालीले स्वागत गरिरहे ।

करिव ७ मिनेट नेपालभाषाको सम्बोधन पछि जोशी नेपालीमा बोल्न थाले । उनको चासो नेपाली भाषा संस्कृतीकै जगेर्नामा थियो । संस्कृतीले नै देश विश्वमा चिनाउन सकिने सन्देश दिदैँ उनले भने, "प्रधानमन्त्री केपि शर्मा ज्यू को समृद्ध नेपाल सुखी नेपालीको योजनलाई साकार पार्न भाषा संस्कृतीको जगेर्ना र प्रचार प्रसार नै महत्वपुर्ण कडी हो ।" उनले आफ्नो जीवनका आरोह अवरोह वेलीविस्तार लगाए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

सत्यमोहन जोशीको शतवार्षिक समारोहमा यस्तो देखियो

ससम्मान बर्षिएका तालीका बिच उनले १०० वर्षसम्म पनि तन्दुरुस्त हुनुको किस्सा सुनाउन भ्याए । "सबैको चासो छ सय वर्ष सम्म पनि म कसरी तन्दुरुस्त भए अब कसरी भनौँ म ‌औषधी खान्न । अरु सबै खान्छु । ठिकै छु ।" दर्शक दिर्घामा ताली र हाँसोको फोहरा छुट्यो ।

उनले आमालाई स्मरण गरे र भने, "एउटा कुरा भने भन्नै पर्ने हुन्छ । २र३ वर्षको हुँदासम्म आमाको दुध खुब चुसे मैले त्यही दुधले अहिलेसम्म म तन्दुरुस्त छु म आमालाई सम्झन चाहन्छु ।"

औषधी नखाने किस्सा संगै उनको ठट्यौली भनाई थियो, "अँ बेलुका भने अब के भनौँ बानी लागीसकेको छ एक प्याग लगाइहाल्छु ।" मन्च र दर्शक दिर्घामा गुन्जीएको हाँसोलाई उनले आफ्नो काबुमा राख्न खोज्दै थिए, "फेरी एक प्याग मात्रै नी त्यो भन्दा धेरै होईन ।"

खान जाने बिष पनि अमृत हुन्छ । उनले यही सन्देश दिए । रक्सीलाई नशाको रुपमा प्रयोग नगर्न उनको आग्रह थियो । चिन्ता नलिने चिन्तन र मनन गर्ने बानीले स्वस्थ भईन्छ भन्ने कुरालाई उनले आफ्नो जीवनसंग तुलना गरे ।

त्यसपछि बोल्ने मौका पाएका कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले राज्यले जीवित ईतिहासलाई सम्मान गर्न पाएको भन्दै खुसी व्यक्त गरे । जोशी आफैमा एउटा किताब भएको उल्लेख गर्दै उनले राज्यका तर्फबाट यस्ता ईतीहासको सम्मान र उनीहरुको चाहना अरुसारको विकास लक्ष्य पुरा गर्न कुनै कन्जुस्याई नहुने बताए । जोशीले मनमनै धन्यवाद भने ।

सत्यमोहन १०० वर्ष पुग्नु अगावै राज्यले जोशिलाई वाङमय शताव्दी पुरुष घोषणा गरीसकेको थियो । बावु शंकरदास जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि। सं। १९७७ बैशाखमा पाटनको बखुम्बहालमा जन्मेका नेपालको भाषा संस्कृतीका ज्युँदा ईतीहास सत्यमोहन जोशी विश्वसामु मुलुकको श्रृवृद्धीका लागी विशिष्ट व्यक्तीत्व हुन् । ललीतपुर महानगरले यो वर्षभरी उनको सम्मानमा विभिन्न कार्यक्रम गर्नेछ । ललितपुरसंगै सबै नागरीकको तर्फबाट उनलाई सर्वोच्च सम्मान ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्