Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोकिएन महिला हिंसाका घटनाक्रम

२०७९मंसिर २२
tribeni2

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्।

आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते हुनुभयो। उहाँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ। 

 यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मर आलेमगरले मङ्गलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेका छन्। आरोपित आलेमगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। 

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एकल महिला उषा राईको हत्या भएको छ। एक समूहले कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरी सार्वजनिकसमेत गरिसकेको छ।

 लैङ्गिक हिंसाविरुद्धको अभियानका क्रममा भएका पछिल्ला घटनाले समाजमा संवेदनहीनता मौलाउने खतरा देखिएको छ ।  

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक हेमन्त मल्लले पछिल्लो समय महिलामाथि भइरहेका हिंसा डरलाग्दो रहेको बताउनुभयो। उहाँले आफ्नै घरअगाडि जलिरहेकी युवतीको उद्धार नगरी मुकदर्शक बन्ने तथा आफ्नै श्रीमतीको क्रुर हत्याका घटनाले समाज असंवेदनशील र गैरजिम्मेवार बन्दै गएको बताउनुभयो।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्