Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लेमा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु

२०७९मंसिर २२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ ।

जिल्ला अस्पताल सल्लेमा रहेको आँखा उपचार केन्द्रमा दुई दिने आँखा अप्रेशन शिविर सुरु गरिएको हो । जिल्लामा मोतियाविन्दुको समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर आज र भोली संचालन हुनेछ । आँखाको समस्या भएका सवै बिरामीले आँखाको जाँच तथा अप्रेशन सेवा लिन सक्ने बताइएको छ ।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र मुसिकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा आँखा उपचार केन्द्र सल्लेले शिविरको आयोजना गरेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्