Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कविता : पितृसत्ताको आगो

२०७९ मंसिर २२
tribeni2
 
इतिहासबाटै पितृसत्ताको अग्निमा जलाइए
सतीहरू , बृन्दाहरू
कतै प्रतिव्रता धर्म भङ्ग गरेर
कतै पतिव्रता धर्मको रक्षार्थ बलि चढेर !
 
जलाइए
आफ्नै दाजुको आदेश सिरोपर्य गर्ने होलिकाहरू ..!
पतिको आत्मसम्मानार्थ
आफ्नै आत्मसम्मानलाई
जलाउन तमतयार
अग्नि परिक्षामा होमिइन् सीता !
 
ए ! आधुनिक स्त्रीहरू ,
जानिराख
इतिहासबाटै हरेक चरण
तिम्रो आत्मसम्मान , स्वाभिमान
र तिम्रो अस्तित्वको प्रतिपक्षमा दन्किरहेको छ आगो
त्यसैले अब आत्मदाह होइन
स्वयं आगो निलेर बाँच
 
त्यस्तो आगो
जो पितृसत्ताको राप बनेर
इतिहासबाट आजसम्म पनि
लगातार जलाइरहेको छ तिम्रो अस्तित्व !!
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्