अफ्रिकन स्वाइन फिवर रोग बारे जानकारी

२०७९ मंसिर २२
  • प्रकाश पुन

१.परिचयः-

यो रोग बँगुर सुंगुर र बदेलहरुमा भाइरसबाट लाग्ने महामारीजन्य एक किसिमको भाइरल रोग हो। यो रोगको सुरुवात अफ्रिकाबाट भएको मानिन्छ।यो रोग सुरुमा अफ्रिकामा सन १९२१ मा देखा परेको थियो भने हाल युरोप, अमेरिका, अस्ट्रेलिया, चिन हुदै नेपालमा पनि वि.स.२०७८ चैत १६ गते केन्द्रिय पशुपंछी रोग अन्वेषण प्रयोगशालामा पहिलो पटक निदान भएको थियो। यो रोग पछिल्लो पटक नेपालका विभिन्न जिल्लाहरू कैलाली,स्याङ्जा हुदै देशब्यापी रुपमा महामारिको रुपमा देखा परेको पाइएको छ।

२.रोगको कारक तत्वः-

  • यो रोग Asfariviride Family को DNA भाइरसका कारणले हुन्छ ।

३.मुख्य लक्षणहरूः-

  • उच्च ज्वरो (१०५-१०७ डिग्री फेरनहाइट) आउने र श्वासप्रश्वासमा समस्या हुने।
  • एकै ठाउमा थुप्त्रीएर बस्ने।
  • शरिरमा राता, निला (प्याजी रङका) धब्बाहरू देखिने।
  • कानका टुप्पामा रगत जमेका धव्वाहरू देखिने।
  • नाकवाट फिंज निकाल्ने,दानापानी नखाने,वमिट गर्ने।
  • एकैपटकमा धेरै संख्यामा बंगुर,‍मर्न सक्ने।

तर माथिका जस्तै लक्षणहरू बंगुरको हैजा लगायतका मअन्य रोगहरुमा पनि देखिने हुनाले प्रयोगशाला परिक्षण नगरी रोग यकिन गर्न सकिदैन । त्यसकारण बंगुर, सुंगुर र बँदेल मरेमा वा मरेको थाहा भएमा नजिकको स्थानिय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाईन चेकपोष्ट वा पशुपंछी रोग अन्बेषण प्रयोघशालामा यथाशीघ्र खबर गर्नुहोस ।

४.रोग सर्ने मूख्य माध्यम तथा क्रियाकलापहरूः-

  • संक्रमित बंगुर, सुंगुर र बदेल बीच प्रतक्ष्य सम्पर्कबाट,
  • रोगी पशुको र्याल, रगत, मलमुत्र, मासु वा यिनिहरुको लसपसमा आएका दानापानी लगायतका सामाग्रीमार्फत,
  • रोगी बंगुर,सुंगुर र बदेलको ओसारपसार र किनबेच मार्फत,
  • संक्रमित खोरमा गएका मानिसहरुको कपडा,जुत्ता,चप्पल आदी मार्फत।

५.रोकथामः-

  • हालसम्म यो रोग बिरुद्ध औषधी तथा खोपसमेत बनेको छैन,त्यसकारण जैविक सुरक्षाका उपाएहरू अपनाई रोकथाम गर्नु एकमात्र उत्तम विकल्प हो।यस रोगक रोकथामका लागी निम्न उपाएहरु अपनाऔ।
  • खोरमा मानिसहरूको अनावश्यक आवतजावत नगरौ।
  • होटेल तथा रेष्टुरेन्टवाट फालिएका खानेकुरा बंगुर,सुंगुर र बँदेललाई राम्रोसंग पकाएर मात्र खुँवाऔ।
  • बंगुर,सुंगुर र बँदेल थुनेर मात्र पालौ।
  • घरपालुवा बंगुर, सुंगुरलाई जंगली बँदेलसंग सम्पर्क हुन नदिऔ।
  • रोगी बंगुर, सुंगुर र बँदेलको मासु सुकुटी तथा प्रदुषित वातावरणमा भाइरस लामो समयसम्म वाच्ने भएकाले मरेका बंगुर,सुंगुर र बँदेललाई गहिरो खाडल खनेर गाडौँ।
  • अन्य बथानबाट ल्याएका बंगुर,सुंगुर र बँदेललाई एक्काइस (२१) दिन क्वारेन्टाईनमा राखेपछि मात्र आफ्नो बथानमा मिसाऔ।

( रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ निवासी लेखक प्रकाश पुन राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा नायव पशु सेवा प्राविधिक पदमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्