Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विवाह उत्सवको अवसरमा विद्यालय र विद्यार्थीलाई सहयोग

२०७९ मंसिर २३
tribeni2

रुकुम पश्चिम / विवाह गरेको दिनको अवसरमा भोज तथा फजुल खर्च गर्ने चलनलाई निरुत्साहित गर्न रुकुम पश्चिमका एक जोडिले आफ्नो विवाह उत्सवको अवसरमा उदाहरणीय काम गर्नुभएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका ७ का केशर खड्का र सरला खड्काले विवाह गरेको दिनको अवसरमा अवसरमा विद्यालय र अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नुभएको छ । विवाहको खर्च जोगाएर स्थापना गरेको अक्षयकोषको लाभांसबाट प्राप्त रकम विवाह वर्षगाँठको अवसरमा विद्यालयमा हस्तान्तरण गर्नुभएको हो ।

खड्काले दुई वर्ष अघि विवाहमा हुने फजुल खर्च बचाएर अक्षयकोष निर्माण गर्नुभएको थियो । सोहि अक्षयकोषबाट आएको लाभांसबाट स्थानीय बाल कल्याण आधारभुत विद्यालयलाई सहयोग गर्नुभएको हो । उहाँले ५० हजार रुपियाँ विद्यालयलाई र विद्यालयमा अध्यनरत जेहेन्दार, गरिव तथा अतिविपन्न घरपरिवारका विद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गर्नुभएको हो ।

आफुले कखरा सुरु गरेको विद्यालयमा रहेका विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदानको लागि आर्थिक सहयोग गरेको खड्काले जानकारी दिनुभयो । आफुले विद्यालयलाई दिएको रकमले विद्यार्थीको पठन–पाठनमा ठुलो सहयोग पुग्ने उहाँको भनाई छ । विवाहमा हुने फजुल खर्चलाई सामाजिक काममा लगाउने योजनाका साथ दुई वर्ष अघि बिबाह खर्च बचाएर पाँच लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको र त्यहि कोषको लाभांसबाट आएको रकम विद्यार्थीको लागि विद्यालयलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

उक्त रकम विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरिएको छ । विद्यालयले छनोट गरेका ३६ जना विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरिएको विद्यालयले जनाएको छ । यस्तै सहयोग गर्ने केशर खड्का र उहाँकी श्रीमति सरला रानालाई विद्यालयले धन्यवाद दिएको छ । साथै खड्काले विद्यालयको कोषको लागि १० हजार पनि विद्यालयलाई सहयोग गर्नुभएको छ ।

खड्का जोडीले गत वर्ष पनि सोहि वडामा रहेको साधारण माध्यामिक विद्यालय मुरुडाँडामा अध्यन्रत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई नगद, शैक्षिक सामाग्री र विद्यालयलाई समेत भौतिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । अर्को वर्ष पनि बैबाहिक वर्षगाठको अवसरमा अर्को विद्यालयमा छात्रवृद्धिको लागि आर्थिक सहयोग गर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्