Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ओरेकले गरेका कामको नगरपालिकाद्वारा अनुगमन

२०७९ मंसिर २३
tribeni2

रुकुम पश्चिम / महिला पुनस्थापना केन्द्र (ओरेक) नेपालले पछिल्लो चरणमा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा गरेको कामहरुको अनुगमन गरिएको छ । शुक्रबार मुसिकोट नगरपालिकाको वडा नम्वर ८ मा नगरपालिकाले ओरेकले सम्पन्न गरेका गतिविधिको अनुगमन गरेको हो ।

नगर प्रमुख महेन्द्र केसीको नेतृत्वमा रहेको अनुगमन टोलीले नगरपालिकाको ८ नम्बर वडामा रहेको काप्रीबास टोेलमा तरकारी खेतीको र पावल्या टोलमा बाख्रा पालनको अनुगमन गरेको छ । त्यसैगरि सोहि अनुगमन टोलीले घोरखानीका महिला समूहसँग महिला सशक्तिकरणको विषयमा भेटघाट तथा छलफल गरेको छ ।

अनुगमन टोलीमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, वडा नम्बर ३ का वडा अध्यक्ष दशरथ केसि वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल र वडा नम्बर ८ का वडा अध्यक्ष जयबहादुर थापा, समाज कल्यान परिषद अनुगमन मूल्यांकन शाखा प्रमुख आनन्द थापा,  कर्मचारी शुसिला नेपाली, मुसीकोट नगरपालिका कृषि शाखाका कर्मचारीहरु,ओरेकका जिल्ला संयोजक दिपा धिताल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्