Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमकी कल्याणी खड्का प्रदेशसभा सदस्यमा सिफारिस

समाजवादीले सिफारिस गरेका प्रदेश सांसदहरु
२०७९ मंसिर २४
tribeni2

सुर्खेत / नेकपा (एकीकृत समाजवादीले) प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फका सांसदहरु चयन गरेको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटीको १३ औं बैठकले समानुपातिक तर्फका सांसदहरुको टुंगो लगाएर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार कर्णाली प्रदेशसभा सदस्यमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ निवासी कल्याणी खड्का सिफारिस हुनुभएको छ । ४४ बर्षिया खड्का नेकपा (एकीकृत समाजवादीले) को कर्णाली प्रदेश कमिटी सदस्य तथा रुकुम पश्चिमको जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

यी हुन् समाजवादीले चयन गरेका प्रदेशसभा सदस्यमा समानुपातिक तर्फबाट चयन गरेको सांसदहरु :

प्रदेश नं. १ : विद्या चाम्लिङ राई
मधेस प्रदेश : रत्नेश्वर गोईत यादव, किशोरी देवी, लक्ष्मी देवी
बागमती प्रदेश : मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ
लुम्बिनी प्रदेश : भगवती अधिकारी
कर्णाली प्रदेश : कल्याणी खड्का
सुदुरपश्चिम प्रदेश : माया पन्त

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्