मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ ३१ बैशाख ।

सरकारका प्रवक्ता एवं सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने अडान दोहोर्याएका छन् ।

चितवनको सौराहामा नेपाल टेलिकमको एप्mटिटिएच सेवा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका हुन् ।

पत्रकारीतालाई थप व्यवस्थीत बनाउन विधेयक ल्याइएको भन्दै उहाँले आवश्यक परे संसोधन गर्न तयार रहेको बताए ।
स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम सरकारले नगर्ने जिकिर गर्दै उनले पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथी कानुनी कार्वाहि हुने चेतावनी दिए ।

पत्रकारको न्युनतम पारिश्रमिक, समानुपातीक विज्ञापन प्रणाली लगायत आर्थिक स्वतन्त्रताको कुरा विधेयकमा उल्लेख गरीएकाले प्रमाण सहित समाचार लेखेमा पत्रकारलाई अप्mठेरो नपर्ने मन्त्री बाँस्कोटाको दावी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्