Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीबाट रुकुमकी कल्पना मियाँ सहित १४ समानुपातिक सांसद सिफारिस

को हुन् कल्पना मियाँ ?
२०७९ मंसिर २४
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रको आज शनिबार बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।

माओवादीको समानुपातिक सांसदको सूचिमा रुकुम पश्चिमकी कल्पना मियाँ समावेश हुनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ दुलि घर भएकी उहाँ माओवादी केन्द्रको प्रदेश समन्वय कमिटी सदस्य हुनुहुन्छ । ३३ बर्षिया मियाँ अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।

रत्ननगर नगरपालिका ३ चितवन माईती घर भएकी उहाँ मुस्लिम महिला कोटाबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस हुनुभएको हो ।

माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ :

आदिवासी महिलातर्फ : दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ : हितराज पाण्डे

खस आर्य महिलातर्फ : ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा

थारु महिलातर्फ : रुपा सोसी चौधरी

दलित पुरुषतर्फ : रणेन्द्र बराइली

दलित महिलातर्फ : सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ : मीना यादव, उमरावती देवी यादव

मुस्लिम महिला तर्फ : कल्पना मियाँ

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्