Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पुर्वमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

२०७९ मंसिर २५
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरिएको छ । ''सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्दको अभियान"  भन्ने मुल नाराका साथ महिला तथा बालबालिका शाखा सिस्ने गाउपालिकाको आयोजना तथा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुको समन्वयमा विभिन्न कार्यक्रम गर्दै शनिबार समापन गरिएको हो ।

हरेक वर्ष १६ दिन सम्म मनाइदै आएको यो अभियान यस वर्ष पनि गत ९ गते उद्घाटन गरि जिल्लाका विभिन्न ठाँउहरुमा चेतना मुलक कार्यक्रम गरेर मनाइएको छ ।

१६ दिने अभियानको अन्तिम दिन शनिबार सिस्ने गाउपालिका ६ छिपृदहमा खुल्ला आमा समुहबिच लोक दोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । ६ वटा समुहबिच प्रतिस्पर्धा भएको लोक दोहोरी प्रतियोगितामा हरियाली महिला समूह प्रथम, एकता महिला समूह दोस्रो, स्वास्थ्य आमा समूह तेस्रो र कृषि समूह, सहनशीलता आमा समूह र त्रिभुवन जनता मा बि को समूहले सान्त्वना स्थाल हासिल गरेका छन ।
यस्तै कार्यक्रममा त्रिभुवन जनता माद्यामिक विद्यालयले जनचेतनामुलक सडक नाटक समेत प्रस्तुत गरेको थियो । 

सिस्ने गाउपालिकाका सामाजिक शाखा प्रमुख तिर्था पुनको अध्यक्षता रहेको समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य को प्रमुख प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र जिल्ला समन्वय समिती सदस्य बिन्दु रावलको विशेष आतिथ्यता रहेको थियो ।

पत्रकार उर्मिला गौतमले सन्चालन गरेको उक्त कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्