Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : एउटै वडाका तीन जना सांसद सिफारिस

२०७९ मंसिर २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको एक वडाबाट तीन जना सांसदको लागि सिफारिस हुनुभएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभाका सदस्यका लागि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट तीन जनाको नाम सिफारिस हो।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा बुढामगर सिफारिस हुनुभएको छ । उहाँ आदिवासी जनजाति महिलातर्फबाट सिफारिस हुनुभएको हो ।

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) बाट दिलकुमारी बुढामगर र नेकपा (एमाले) बाट सरिका पुनमगर सिफारिसमा पर्नुभएको हो। उहाँहरु पनि आदिवासी जनजाति महिलातर्फ सिफारिस हुनुभएको हो । 

फरक–फरक पार्टीबाट समानुपातिक सांसदमा सिफारिस उहाँहरू तीनै जना पुथाउत्तरगङ्गा–१० निवासी हुनुहुन्छ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्