Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गरिव तथा जेहेन्दार विद्यार्थीलाई राप्ती समाजद्वारा सहयोग प्रदान

२०७९ मंसिर २६
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुका एक छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कक्षा ९ मा अध्ययरनरत गरिब तथा जेहेन्दार छात्रा हरिमाया बुढाथोकीलाई राप्ती समाज संस्था दक्षिण कोरियाले शैक्षिक सामाग्री उपलब्ध गराएको हो । बुढाथोकीलाई पाँच हजार बराबरका सामाग्री दिईएको हो । बुढाथोकीका बुवाका दुबै मृगौलामा समस्या भएपछि उपचार गर्दा घरको धनसम्पत्ति सकिएको बताईएको छ ।

उहाँलाई झोला, कापी, सामान्य ज्ञान, अंग्रेजी डिस्नेरी, ड्रेस लगाएतका शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।

साबिक राप्ती अञ्चल भित्रका १२ जना विद्यार्थी मध्य सरस्वती मावि चिन्तुमा अध्ययनरत एक जना छात्रालाई सहयोग गरिएको राप्ती समाजका सदस्य बिनोद विसिले जानकारी दिनुभयो।

विद्यालयमा एक कार्यक्रमका बिच शैक्षिक सामाग्री दिईएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडा अध्यक्ष टिकाराम खड्काले नेपालबाट विदेशिएका युवाहरुले बिपन्न परिवारको शैक्षिक योगनमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यपक खडकबहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्