Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा जिप दुर्घटना हुदाँ ९ जनाको मृत्यु

२०७९ मंसिर २६
tribeni2

जाजरकोट/ जाजरकोटमा सोमबार बोलेरो जीप दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेर दुर्घटजा भएको हो ।

दुर्घटनामा परेको जीप छेडागाड नगरपालिकाको जेवाबाट जन्ती बोकेर लेवातर्फ जादै गरेको थियो ।

दुर्घटनामा परेकाहरुको स्थानीयद्वारा उद्दार भैरहेको छ । दुर्घटनामा तीन जना गंभिर घाइते भएका छन् भने मृत्यु हुनेहरुको परिचय खुल्न बाकी रहेको छ । 

घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको स्थानीय प्रेम रावतले जानकारी दिनुभयो  । 

घटना स्थलमा प्रहरी पुगिसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताउनुभयो । घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्