Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जेष्ठ नागरिकको घरघरमै स्वास्थ्य सेवा

२०७९ मंसिर २६
tribeni2

रुकुम पश्चिम/ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ ले वडामा रहेका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन शूरु गरेको छ । वडाले आजबाट जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण संगै फलफूल वितरण गर्न थालेको हो ।

वडाका जेष्ठ नागरिकहरुलाई चिसाेकाे कारण हुन सक्ने स्वास्थ्य समस्याहरुको उपचार गर्न सहयाेग गर्ने उद्देश्यका साथ घर घरमै स्वास्थ्य सेवा संचालन गरिएको वडाध्यक्ष भूपालसिं ओलीले बताउनुभएको छ ।

वडाध्यक्ष भुपालसिं ओलीकाे नेतृत्वमा संचालन गरिएको स्वास्थ्य परिक्षण तथा फलफूल वितरण कार्यक्रममा स्वास्थ्य चाैकी इन्चार्ज नरबहादुर ओली, स्वास्थ्य कर्मी रामचन्द्र गहतराज तथा वडा सदस्यहरु उपस्थिति रहनु भएको थियो ।

आजैबाट शुरु गरिएको जेष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा कार्यक्रमबाट पहिलो दिन करिव ३ सय जेष्ठ नागरिकहरुलाई फलफूल सँगै स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य चाैकी इन्चार्ज नरबहादुर ओलीले बताउनु भएको छ ।

इन्चार्ज ओलीका अनुसार दम रुघाखोकी लगाएत सामान्य राेगहरु देखिएकाे र साे काे लागि ओेैषधी समेत दिईएकाे छ । जटिल प्रकृतिको राेग भेटिएमा रिफर गर्ने उहाँकाे भनाइ छ ।

आजबाट शुरु गरिएको कार्यक्रम मंसिर २९ गतेसम्म चल्ने वडा अध्यक्ष ओलीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्