Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शैक्षिक गुणस्तरका लागि पालिकाको पहल, विद्यालयहरुको छड्के अनुगमन

२०७९ मंसिर २६
tribeni2

रुकुम पश्चिम/ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले विद्यालयहरुकाे छड्के अनुगमनकाे थालनी गरेकाे छ । साविक अर्मा गाविसका घण्ठाना, अर्माडाँडा, टिमुरबाेट, बाघखाेर मा रहेका ५ विद्यालयमा आइतवार छड्के अनुगमन भएको हो ।

विद्यालयकाे नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भाैतिक पुर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टले बताउनुभएको छ ।

अनुगमनका क्रममा सरस्वती मावि अर्माडाँडाका दुई जना शिक्षक अनुपस्थित रहेकाे भेट्टिएकाे छ भने शिव मा वि काफलबाेटमा एक जना शिक्षक विगत डेढ महिना देखि अनुपस्थित रहेको भेटिएको छ । सबै विद्यालयमा विद्यार्थीहरुकाे ७०% उपस्थिति रहेकाे शिक्षा शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्टले जानकारी दिनुभयो ।

विद्यालयमा भए गरेकाे अनियमितताको अन्त्य गर्न, दिवा खाजा सञ्चालन र ब्यवस्थापनलाई प्रभावकारी बनाउन र समग्र शैक्षिक वातावरण सुधार गर्न छड्के अनुगमन गर्न थालिएको गाउँपालिकाले बताएको छ ।

अनुगमन शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भुपालसिं विष्ट र शाखाकै प्राविधिक सहायक प्रेमबहादुर विष्टले गर्नुभएको थियाे । विद्यालयमा अनुपस्थित रहेका शिक्षकहरुलाई पालिकामै उपस्थित भै स्पष्टीकरण दिन समेत भनिएकाे प्राबिधिक सहायक बिष्टले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्