Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दलित र विपन्न परिवारलाई न्यानो कपडा वितरण

२०७९ मंसिर २७
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का गरिव तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ थेम्स काडमाडौंले सोमबार वडाका ७५ परिवारलाई वडा कार्यालयमा पुगेर डसना र न्यानो कपडा वितरण गरेको हो । वडा कार्यालयको समन्वयमा वडामा रहेका विपन्न परिवारलाई डसना र उमेर समुह अनुसार विभिन्न खालका न्यानो कपडाहरु वितरण गरिएको रोट्रयाक्ट क्लब अफ थेम्सका अध्यक्ष देलिसा खड्गीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक अभावमा रहेका समुदाय र परिवारका लागि क्लबले विभिन्न सहयोग गर्दै आएको छ । जस अनुसार विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटाएर रुकुममा आएर विपन्न र दलित परिवारलाई विभिन्न प्रकारका न्यानो कपडा र डसना सहयोग गरिएको अध्यक्ष खड्गीले जनाउनुभयो ।

क्लबको न्यानो प्रोजेक्ट अन्तरगत मुसिकोट नगरपालिका वडा नम्वर ६ का विपन्न र दलित घर परिवारलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा र डसना वितरण गरिएको हो । यसले चिसोबाट बच्नका लागि केही मात्रामा सहयोग पुग्ने विश्वास रहको जनाईएको छ ।

वडा अध्यक्ष भानुमल्लको अध्यक्षमा भएको न्यानो कपडा वितरण कार्यक्रममा रोट्रयाक्ट क्लब अफ थेम्सका ८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष मल्लले यस्तो खालको सामाजिक कार्य र सहयोगले विपन्न र दलित घरपरिवारलाई ठूलो राहात पुगेको बताउनुभयो ।

वडा कार्यालयमा सम्पन्न भएको न्यानो कपडा वितरण कार्यक्रमको सहजिकरण युवा नेता नारायण केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्