Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

सकियो प्रि बजेट माथीको छलफल

काठमाडौं ३१ बैशाख ।
tribeni2

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । संघीय संसदका दुबै सदनमा छलफल सकिएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली जनताको अनुहार उज्यालो पार्ने बजेट ल्याउन लागिएको बताएका छन् ।

सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकता निश्चित क्षेत्रगत नभएको र कनिका छरे जस्तो बजेट आउने संकेत गरिएको भन्दै प्रश्न उठाएपछि मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

सांसदहरुले मुलुक सुहाउँदो आर्थिक मोडेल बनाएर अगाडि बढ्न सुझाव दिएका छन् । काँग्रेस सांसद प्रदिप गिरिले अर्थमन्त्रीको व्यक्तीगत अध्ययनमा प्रश्न उठाउँदै विदेशमा पढेका व्यक्तिहरूलाई मुलुकको अर्थतन्त्रको जिम्मा दिँदा विकासमा बाधा भएको आरोप लगाए ।

यस्तै, नेपाली कांग्रेका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रता कुल्चिएर सरकारले प्रेस काउन्सिल गठनसम्बन्धी विधेयक ल्याएको भन्दै त्यसलाई फिर्ता गर्न माग गरे ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता अग्नी सापकोटाले चीनसँगका नाकाहरु सूचारु गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले तातोपानी मात्र नभई चीनसँगका अन्य नाकाहरु पनि संचालनका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने सुझाव दिए ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र सुझावलाई एकीकृत गरीएको प्रतीवेदन अर्थ मन्त्रालयमा पठाइने छ । संसदको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्नेगरी स्थगीत भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्