Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पताल परिसरमा गौतम बुद्धको मूर्ति

२०७९ मंसिर २७
tribeni2

रुकुम पश्चिम / स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले कार्यालय परिसरमा गौतम बुद्धको मूर्ति स्थापना गरेको छ । जिल्ला अस्पताल सल्लेको परिसरमा बनाईएको गौतम बुद्धको मूर्ति मंगलबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. शुशिल थापाले संयुक्त रुपमा मूर्ति अनावरण गर्नुभएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कुसारीका अनुसार अस्पताल परिसरमा सरसफाईमा सहयोग पुग्ने र मनोशान्तीको महशुस हुने उद्धेश्यका साथ अस्पताल परिसरमा मूर्ति राखिएको हो । शान्तिका प्रतिकको रुपमा चिनिने बुद्धको मूर्ति कार्यालयको आन्तरिक श्रोतबाट बनाईएको अध्यक्ष कुसारीले जानकारी दिनुभयो ।

पित्तलको उक्त मूर्तिका लागि कार्यालयले ९० हजार रुपियाँ लगानी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्