Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपत् व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न

२०७९ मंसिर २७
tribeni2

रुकुम पश्चिममा वास ईन ईमरजेन्सि तालिम सम्पन्न भएको छ । जिल्ला विपत व्यवस्थापन समितिको आयोजना, रुकुमेली विकास केन्द्रको व्यवस्थापन र युनीसेफको सहकार्यमा तीन दिने तालिम आईतबार सम्पन्न भएको हो । विपतको वेलामा खानेपानी, सरसफाई र स्वच्छताको विषयमा गर्न सकिने विभिन्न किसिमका गतिविधिको विषयमा सहभागिलाई सिकाईएको छ ।

विपतको शव्दावली, विपत व्यवस्थापनको लागि निर्माण भएका संरचना, विपत व्यवस्थापनको ऐन, कानुन र नियमावली, खानेपानी, सरसफाई र स्वच्छताको महत्वको विषयमा पनि तालिममा छलफल भएको थियो । त्यस्तै विपत पछिको अवस्थामा वासको महत्व कति हुन्छ, विपत पछि वासमा ध्यान दिनु पर्ने कुरा के–के हुन सक्छन् भन्ने लगायत कुरा पनि तालिममा सहभागिलाई सिकाईएको छ ।

विपत पछिको अवस्थामा खानेपानीको अवस्था कस्तो रहन्छ, पिडितलाई शुद्धखानेपानी खुवाउन के गर्नुपर्छ, शौचालयहरु कसरी निर्माण गर्ने, विपत प्रभावितहरुले सरसफाईमा के–के कुरामा ध्यान दिने र यसको लागि जिल्ला विपत व्यवस्थापन समितिले कसरी काम गर्ने भन्ने विषयमा तालिममा सिकाईएको रुकुमेली समाज विकास केन्द्र कार्यकारी निर्देशक नरेन्द्र केसीले जानकारी दिनुभयो ।

त्यस्तै विपत पछि खानेपानी, सरसफाई र स्वच्छताको विषयमा के गर्न सकिन्छ भनेर चार वटा मापदण्डमा सुझाव पनि संकलन गरिएको छ । तालिममा जिल्ला विपत व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

साथै तालिम पश्चात सिकेका कुराको आधारमा जिल्लामा विपत पछि खानेपानी, सरसफाई र स्वच्छता सम्वन्धि गर्ने कामको योजना तयार पार्ने विषयमा पनि छलफल भएको थियो । तालिममा सहभागिलाई युनिसेफ कन्सलटेन्ट शोभा रानामगर र युनिसेफ सुपरप्रोजेक्टका प्रदेश कोडिनेटर सुभास ज्ञावालीले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्