Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दीपज्योतीमा सामाजिक परिक्षण सम्पन्न

२०७९ मंसिर २८
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ११ मा रहेको एक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।

दीपज्योती आधारभुत बिद्यालय सानीभेरी ११ काँडाले बुधबार अभिभावकसँग शैक्षिक अन्तरक्रिया तथा आर्थिक वर्ष ०७८/७९ सालको सामाजिक परीक्षण गरेको हो ।

कार्यक्रममा सहभागिहरुले शैक्षिक सवालका विभिन्न प्रश्नहरुको उठान गरेका छन् । विद्यालयमा विद्यार्थीहरुलाई गृहकार्य नदिएको, जाडोयाममा बाहिर बसालेर गणित शिक्षण गर्न नहुने, शिक्षकहरुले मोबाइल खेलाएर बस्ने गरेको जस्ता गुनासोहरु सरोकारवालाले गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले गुनासोहरुको सकारात्मक ग्रहण र सुधारको लागि सुझाव समेत दिएका छन् ।

कार्यक्रममा आर्थिक वर्ष ०७८/७९ को कुल आय २८ लाख ५८ हजार ४६९ र खर्च २८ लाख ३५ हजार ५६७ गरेर बचत २२ हजार ९०२ भएको विद्यालयका प्रधानाध्यापक दिनेश खड्काले जानकारी दिनुभएको छ ।

विद्यालयका शिक्षक अभिभावक संघ संयोजक कर्णबहादुर ओलीको अध्यक्षयतामा भएको कार्यक्रममा वडा नम्वर ११ वडा अध्यक्ष भुपालसि ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको बिशेष आतिथ्यता विव्यस अध्यक्ष लोकबहादुर खड्का रहेको थियो भने वडा सदस्यहरु, विव्यस सदस्यहरु, अभिभावक शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विव्यस सदस्य सचिव एवं प्रधानाध्यापक दिनेश खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्