Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भैलो खेलेर जम्मा भएको रकम सामाजिक कार्यमा लगानी

२०७९ मंसिर २९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ तिमीलेका युवाहरुले देउसी भैलो खेलेर जम्मा गरेको रकम सामाजिक कार्यमा लगानी गरेका छन ।

२०७९ को तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकम सामाजिक कार्यमा लगानी गरेका हुन ।

भैलोमा जम्मा भएको ६० हजार पैसाले समाजमा हुने विभिन्न कार्यमा सहज बनाउनुको लागी प्रयोग हुने भाँडा किनेको त्यहाँका युवा टोपजंग ओलीले जानकारी दिनुभयो ।
विवाह मृत्यु तथा पुजा आजामा सजिलो होस भनेर भाँडा किनेको भरतकुमार ओलीले बताउनु भयो ।

यस कार्य पश्चात कसैको घरमा विवाह पुजा आजा भयो भने समाजमा सबैको घरमा पुगेर भाँडा माग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्