Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बौलाहा कुकुरको आतंकपछि धमाधम खोप लगाईदै

२०७९ मंसिर २९
tribeni2

रुकुमपूर्व / रुकुम पूर्वमा बौलाहा कुकुरको आतङकबाट स्थानीयहरु त्रसित भएका छन् । जिल्लाको सिस्ने गाउँपालिकाका विभिन्न स्थानहरुमा बौलाहा कुकुरले सर्वसाधारणहरुलाई त्रसित बनाएपछि धमाधम रेबिज बिरुद्धको खोप लगाउन थालिएको छ ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले सिस्ने गाउँपालिकाको विभिन्न स्थानमा बौलाहा कुकुरहरुको ब्यापक आतङकपछि स्थानीयस्तरबाट आएको गुनासोको आधारमा कुकुरहरुलाई खोप लगाउन थालिएको बताउनुभयो । गाउँमा बौलाहाकुकुरको लक्षण भएका कुकुरहरु अस्वभाविक रुपमा बढेपछि स्थानीयहरु त्रसित भएका हुन् । बिशेष गरेर वडा नम्वर २ र ८ मा बौलाहा कुकुरको लक्षण भएका कुकुरहरु देखिएका हुन् ।

वडा कार्यालयसँगको समन्वयमा प्राविधिकहरुबाट परिचालन गरेर आकस्मिक रुपमा निःशुल्क एन्टिरेबिज भ्याक्सिन लगाउने कार्यक्रम गरिरहेको बस्नेतले जानकारी दिनुभयो । सिस्ने गाउँपालिकाको वडा नम्वर ८ धपेमा २५ वटा र वडा नम्वर २ को प्वाङमा एक सय वटा गरेर १२५ कुकुरलाई रेबिज बिरुद्धको खोप लगाईएको कार्यालय प्रमुख बस्नेतले उल्लेख गर्नुभयो ।

बिहिबार वडा नम्वर ८ लम्पाकोटमा पुगेर खोप लगाउने कार्यालय रहेको बताईएको छ । लम्पाकोटमा करिब ७० कुकुर रहेको सूचना आएकोले सोहि अनुसार खोप बोकेर गाउँमा प्रािविधिक टोली पुगेको छ ।

घरमा पालिएका र बौलाहा कुकुरको सम्पर्कमा रहेका छाडा कुकुरहरुलाई खोप लगाईएको हो । खोपको माग बढी मात्रामा भएकाले स्थानीय सरकारले व्यवस्थापनको लागि पहल गर्नुपर्ने बस्नेतले बताउनुभयो । सिस्ने गाउँपालिकाले पनि रेबिज बिरुद्धको खोप माग गरिसकेको जनाएको छ ।

सर्वसाधारणहरुलाई नआत्तिन र सहज रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्