Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बर्दियाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत

२०७९ मंसिर २९
tribeni2

काठमाण्डाै / बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ ।  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बन्नु भएको हो ।

बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गर्दै आएको छ । यसै अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।

‘गर्ल्स टेक ओभर’ अभियान अन्तर्गत गएको २३ गते फिनल्यान्डकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको हो । उहाँले ‘गर्ल्स टेक ओभर’ अभियान बारे आफू निकै उत्साहित भएको बताउनुभयो ।

पद ग्रहण गरे पछि चौधरीले लैङ्गिक समावेशी शिक्षा, किशोरीले कसरी काम गर्न सकिन्छ, महिनावरीमैत्री शौचालय तथा स्यानिटरी प्याडको अभाव, लैङ्गिक विभेद, बालविवाह लगायतको किशोरी तथा बालिकाका  विषयमा छलफल गर्नु भएको थियो ।  

विश्वका धेरै देशमा ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा  सन्  २०१७ देखि यो कार्यक्रम भइरहेको छ । प्लान इन्टरनेशनल नेपालले अहिलेसम्म काठमाण्डौसहित देशका १२ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अहिलेसम झण्डै ५ सय जना किशोरी यो कार्यक्रममा सहभागी भएका छन् भने यो वर्षमात्रै एक सय जना किशोरी ‘गर्ल्स टेक ओभर’ कार्यक्रममा सहभागी भएका प्लान इन्टरनेशनल नेपाल अन्तरगतको गर्ल्स गेट इक्वेल अभियानकी विशेषज्ञ सिर्जना बज्राचार्यले जानकारी दिनुभयो । - उज्यालाे अनलाइनबाट

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्