Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघ रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती चयन

शाखाको उपाध्यक्षमा महेश केसी र सर्जना कार्की
२०७९ मंसिर २९
tribeni2

रुकुम पूर्व / नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वको ऐतिहासिक प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

बिहिबार रुकुमकोटमा भएको भेला तथा अधिवेशनले मैत्या घर्तीमगरको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा महेश केसी र सर्जना कार्की, सचिवमा जितेन्द्र बुढाथोकी चयन हुनुभएको छ । त्यसैगरी सहसचिवमा मदन बिसी र बिक्रम परियार र काेषाध्यक्षमा चेतकुमार बिसी चयन हुनुभएको छ ।

शाखाको सदस्यहरुमा गोविन्द पुन, प्रभात गुरुङ, जयकुमार श्रेष्ठ, बसम मल्ल र पुजा बुढाथोकी चयन हुनुभएको छ ।

केन्द्रीय परिषद् प्रतिनिधिमा गणेश ओली र कर्मशइ घर्ती मगर छानिनुभएको छ भने लुम्बिनी प्रदेश परिषद् प्रतिनिधिमा बसन्त बाँठा मगर र सरिता बुढाथोकी चयन हुनुभएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

जिल्लामा पहिलो पटक पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको रुकुम पूर्व शाखा गठन भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्