Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यूएमएन रुकुमको सामाजिक लेखा परिक्षण सम्पन्न

२०७९ पुस १
tribeni2

रुकुम पूर्व / युनाइटेड मिसन टु नेपाल रुकुमपूर्व कलष्टरले आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण गरेको छ । बिहिबार जिल्लाको सिस्ने गाँउपालिकाको छिप्रिदहमा युएमएनले सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो ।

रुकुमपूर्व कलष्टरका टिम लिडर शिव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उक्त आवमा जिल्लामा सञ्चालन भएका परियोजना तथा परियोजनाको उपलब्धिका साथै खर्चका बारेमा युएमएनका कार्यक्रममा परियोजना ब्यबस्थापक हेमन्त राइले जानकारी प्रस्तुत गर्नु भएको थियो । राईले उक्त आवमा जिल्लामा तीन करोड ९० लाख २२ हजार ५२२ कुल बजेट मध्य तीन करोड ७४ लाख ४९ हजार ७१२ रकम खर्च भएको बताउनुभयो ।

बिशेष गरि शिक्षा, स्वास्थ्य, जलबिद्युत तथा प्राबिधिक शिक्षा र शुशासनको क्षेत्रमा कार्य गर्दै आएको उक्त सस्थाले गत वर्ष सक्षम परियोजना तर्फ दुई हजार ७५४ जना लाभान्बित भएको बताइएको छ । त्यस्तै शारीरिक रुपान्तरण, दिगो बाताबरण तथा आर्थिक विकास सीड समूदाय रुपान्तरण परियोजना अन्तर्गत मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत सेवा प्रदान गर्नको लागी पनि युएमएनले बिबिध कार्य गर्दै आएको छ ।

कार्यक्रममा युनाइटेड मिसन नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ थापाथलीका शुशासन शाखा प्रमुख गोकर्ण जोसीले सस्थाको परिचय सहित कार्य क्षेत्र लगायतको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार नेपालको लुम्बिनी प्रदेशका नवलपरासी, कपिलबस्तु ,रुकुमपूर्व र पाल्पा गरि ४ जिल्लामा सस्थाले आफ्नो कार्य सञ्चालन गरेको छ । बिभिन्न १२ ओटा स्थानीय साझेदार सस्था, ३२ ओटा बैदेशिक दातृ निकायले सहयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।

लेखा परीक्षणको प्रतिबेदन प्रस्तुत गर्दै जोसीले आर्थिक बर्ष २०७८/०७९ मा कुल आय ५७ करोड ७० लाख पाँच हजार ५८१ र कुल ब्यय ५७ करोड ३० लाख तीन हजार ७१ रुपैया रहेको उल्लेख गर्नुभयो । यो देशभर नै सञ्चालनमा रहेको कार्यक्रमको लेखा परीक्षण हो ।

कार्यक्रममा जिल्ला समन्वयन समिती रुकुमपूर्वका उपप्रमुख मोहन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केसीले शुशासनको लागी समाजिक लेखा परीक्षण महत्वपूर्ण रहने पनि बताउनु भयो। लेखा परीक्षणले आर्थिक बिषयमा मात्र नभएर समग्र कार्यालयको कार्य र आगामी दिनको लागी सुझाव ग्रहण गर्ने उत्तम माध्यम रहेको पनि उहाको भनाई छ ।

युएमएनका स्वास्थ्य परियोजना व्यवस्थापक नवीन चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्