Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्ती ज्ञानोदयको वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ९ मा रहेको राप्ती ज्ञानोदय मावि सिम्लीले ६२ ओैं वार्षिकोत्सब तथा अभिभावक भेला गरेको छ । मंसिर २७ गतेदेखि अतिरिक्त क्रियाकलापबाट शुरु गरेको बार्षिक उत्सवमा बिहिबार मञ्चको कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शसीराम विश्वकर्मले विद्यालयको शैक्षिक आर्थिक सामाजिक भौतिक लगाएत विषयवस्तु समेटको एक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार आव ०७८/७९ को कुल आय तीन करोड ४८ लाख २९ हजार ९७७ र खर्च तीन करोड ४८ लाख २९ हजार ९७७ भएको छ ।

सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास संयोजक तथा ९ नम्वर वडा अध्यक्ष शेरबहादुर खड्काको बिशेष आतिथ्यता रहेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रकुमार केसीको अध्यक्षयतामा भएको कार्यक्रममा स्वागत मन्तव्य चक्रबहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक विकास केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्