Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छाडा पशुचौपायाले सल्यानमा सताए, खेतीयोग्य जग्गा बाँझै

व्यस्थापनका लागि नि:शुल्क जग्गा माग
tribeni2

सल्यान / सल्यानमा छाडा पशुचौपायले किसानको बाली नष्ट गरिदिने गरेका छन् । किसानको बाली छाडा छोडिएका पशुचौपायले नष्ट गर्न थालेपछि बनगाड कुपिण्डे नगरपालिकाले व्यवस्थापनको लागि चासो दिएको छ ।

शुक्रबार नगरपालिकाले एक सुचना जारी गर्दै छाडा पशु चौपाया व्यवस्थापनको लागि निशुल्क जग्गा माग गरेको छ । नगरपालिका भित्र रहेका छाडा पशु चौपायाहरुले किसानहरुले लगाएको बालीनाली खाएर नष्ट गर्दै आएकोले नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार छाडा पशु चौपायाहरु व्यवस्थापनको लागि जग्गा माग गरिएको हो ।

नगरपालिकाको वडा नम्वर १ भित्र कम्तिमा पाँच रोपनी जग्गाको आवश्यकता परेकोले जग्गा निशुल्क प्रदान गर्न चाहानुहुने व्यक्तिले १५ दिन भित्र नगरपालिकामा सम्पर्क नगरपालिकाले शुक्रवार सुचना प्रकाशन गरेको छ । नगरपालिकाले छाडा पशुचौपाय व्यवस्थापनको लागि २० लाख रकम बिनियोजन गरेको नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बताउनुभयो । तर उपयुक्त स्थानमा जग्गा प्राप्त नहुँदा बजेट कार्यान्वयनमा आउन सकेको छैन ।

जनताको व्यापक गुनासो आएकोले छाडा पशुचौपाय व्यवस्थापन गर्न जग्गा माग गरिएको नगरप्रमुख बुढाथोकीले उल्लेख गर्नुभयो ।

कृषकहरूले भने छाडा पशुचौपायाले लगाएको बाली सखाप पारिदिने गरेको भन्दै सयौं रोपनी खेतीयोग्य जमिन बाझै राखेका छन । गहुँ र धान उत्पादन हुने जग्गा छाडा पशुचौपाय व्यवस्थापन हुन नसक्दा बाँझै छोड्न बाध्य भएका छन् । खेतमा लगाएको बालीनाली छाडा पशुचौपायले नष्ट गरिदिने भएपछि किसाहरु मरमा परेका हुन् ।

बनगाड कुपिण्डेको सबैभन्दा बढी समस्या वडा नम्बर १ अम्रा, माल्पे, घाटगाउ, बस्नेउरा, बुरेली, ठाउँहरुमा रहेको छ । सयौं रोपनी जग्गा बाझै हुँदा यहाँ ठुलो मात्रामा उत्पादन घट्ने देखिएको छ । दर्जनौ छाडा पशुचौपाय सडक, बजार तथा खेतबारीमा पस्ने गरेका छन् ।

स्थानीय किसान डम्बर महताराले छाडा चौपायाकै कारण यो बर्ष आफुहरुले केहि बाली नलगाएको बताउनुभयो । पटक पटक नगरपालिकालाई यो समस्या भनेतापनि समधान हुन नसकेको उहाँको भनाई छ । लगाएको बाली छाडा पशुचौपायले खाँदा बीउ, मल र मेहनतको प्रतिफल नै आउने नगरेको उहाँले दुखेसो गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्