Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको च्युरामा ग्रीन क्लब गठन

tribeni2

सल्यान / पारिस्थितिय प्रणालीमा आधारित अनुकुल कार्यक्रम अन्तर्गत शैक्षिक जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सल्यानमा ग्रीन क्लब गठन गरिएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ५ मा रहेको त्रिभुवन जनता मावी च्युरामा शुक्रबार कक्षा ६ देखि ११ सम्मका विद्यार्थी सहभागितामा ग्रीन क्लब गठन गरिएको छ । मीना नाथकाे अध्यक्षतामा ११ सदस्यीय ग्रीन क्लब गठन गरिएको हो । जसको उपाध्यक्षमा निराजन विसि, सचिवमा युवराज विसि र कोषाध्यक्षमा सर्मिला बुढाथोकी रहनुभएको छ ।

उक्त कार्यक्रममा जिल्ला संयोजक दिगम्भर दाहालले जिल्लामा भएको कार्यक्रम बारेमा जानकारी दिदै जलवायु परिवर्तन बिषयमा समेत प्रष्ट पार्नु भएको थियो । कार्यक्रमका शिक्षाविद डा. दिपेन्द्र जोसीले जलवायु परिवर्तन अनुकुलन सम्बन्धी विद्यार्थीले सचेतना अभिवद्धि गर्न विद्यार्थीको महत्त्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

उक्त ग्रीन क्लव मार्फत बिधान तयार गरि वार्षिक कार्यक्रम कार्ययोजना तयारी गर्ने र कार्यान्वयन गर्ने बताईएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्