Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका चार जना क्रियाशिल पत्रकार पुरस्कृत

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका क्रियाशिल चार जना पत्रकारहरुलाई पुरस्कार एवम् सम्मान गरिएको छ ।

गोरखापत्र दैनिकमा कार्यरत राजु लामिछाने, कान्तिपुर टेलिभिजनमा कार्यरत महेश केसी, नेपाल टेलिभिजनमा कार्यरत अमरराज पुन र आहा सञ्चार साप्ताहिकका मेघराज खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

शनिबार मुसीकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाको सातौ वार्षिक साधारण सभामा उहाँहरुलाई सम्मान गरिएको हो । चार जना पत्रकारहरुलाई नगद रकम, प्रमाणपत्र सहित सम्मान गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवराम देवकोटाले लामिछानेलाई सम्मान गर्नुभएको हो । सक्रिय पत्रकारिता क्षेत्र मार्फत सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान दिएको भन्दै उहाँलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

साधारण सभामा महासंघका सस्थापकहरु, महत्वपूर्ण योगदान दिने साधारण सदस्यहरु, सहयोग गर्ने विभिन्न निकायहरु, जिल्लामा निरन्तर क्रियाशिल सञ्चार माध्यामहरुलाई समेत कदरपत्रद्वारा सम्मान गरिएको शाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्