Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघको साधारण सभामा मूलपाटीलाई कदर–पत्र प्रदान

tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुम शाखाले मूलपाटी डटकम अनलाईनलाई कदर–पत्र प्रदान गरेको छ । शनिबार मुसिकोटमा भएको महासंघको सातौ वार्षिक साधारसभाको अवसरमा मूलपाटीलाई कदर–पत्र प्रदान गरिएको हो ।

रुकुमबाट निरन्तर र नियमित रुपमा संचालनमा रहेर जिल्लाको पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान दिएको भन्दै मूलपाटी डटकमलाई कदर–पत्रले सम्मान गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा, जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले मूलपाटी डटकमका उप सम्पादक भावना शर्मालाई कदर–पत्र प्रदान गर्नुभएको हो ।

मूलपाटी डटकमसँगै रुकुमपश्चिमबाट संचालनमा रहेका उजेली न्युज डटकम, कखरा डटकम र प्रेसपालिका डटकमलाई पनि कदर–पत्र प्रदान गरिएको छ । त्यसैगरी जिल्लाका संचालनमा रहेका रेडियो सानीभेरी एमएम, रेडियो सिस्ने एफएम, रेडियो यूनिक एफएम, रेडियो मौराखारा, रेडियो चौरजहारी, रेडियो आफ्नो एफएम, रेडियो समावेशी आवाज, रेडियो नयाँ नेपाललाई पनि कदर–पत्रले सम्मान गरिएको छ ।

आहा संचार साप्ताहिक, रेखदेख साप्ताहिक र रुकुमेली विकास लहर मासिक पत्रिकालाई पनि साधारण सभाको अवसरमा कदर पत्र प्रदान गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्