Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुनाखेत मेलाको आयव्यय सार्वजनिक, १८ हजार ३६५ बचत

tribeni2

रुकुम पश्चिम / जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा सम्पन्न कुनाखेत मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आईतबार बसेको मेला आयोजक युवा विकास खेलकुद समितिको बैठकले मेलाको समिक्षा गर्नुका साथै आयव्यय यकिन गरेर सार्वजनिक गरेको हो ।

समिक्षा बैठकमा सहभागी बाँफिकोट गाउँपालिका वडा नम्वर २ का अध्यक्ष प्रकाश खत्रीका अनुसार मेलामा ६ लाख ६ हजार २७० रुपैया आम्दानी भएको छ । मेलाको खर्च पाँच लाख ८७ हजार ९०५ भएको छ भने बचत १८ हजार ३६५ भएको छ । खेलकुद समितिका अध्यक्ष गणेश केसीको अध्यक्षतामा बसेको बैठकले मेला शान्त र भव्यतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको छ ।

मेलाको लागि प्रशुराम केसीको संयोजकत्वमा गठित आर्थिक समितिले मेलाको आयव्यव विवरण बैठकमा पेश गरेको थियो । मेला लागेको स्थानीयको जग्गामा लगाईएको होटल तथा नास्ता करबाट उठेको रकमको ७५ प्रतिशत रकम जग्गाधनीलाई दिईएको छ भने २५ प्रतिशत रकम खेलकुद समितिले राखेको थियो ।

कुनाखेत मेला जिल्लाको प्रसिद्ध मेला हो । मेला यहि मंसिर १९ गतेदेखि २३ गते सम्म लागेको थियो । मेलामा पुरुष र महिला भलिबल र ब्याडमिन्टन प्रतियोगिता राखिएको थियो । मेलामा स्थानीय साँस्कृतिक प्रस्तुतीहरु राखिएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्