Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अध्यादेश रोक्ने षड्यन्त्र बिरुद्ध अन्तरक्रिया

tribeni2

रुकुम पश्चिम / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा रुकुम पश्चिमले आईतबार तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्रका विरुद्ध मुसिकाेटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तत्कालिन सरकारले २०७७ फागुन २१ गते आफ्नो पार्टीसँग तीन बुँदे सहमति गरेको र ती बुँदेहरु सम्बोधनका लागि वर्तमान सरकारले अध्यादेश ल्याएकोले त्यसलाई रोक्न खाजेको भन्दै नेकपाले देशव्यापी बिरोधका कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले तीन बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक सहकार्य, समहति र एकताका लागि उक्त सहमती पालना गर्नुपर्ने बताउनुभयो । तीन बुँदे सहमति कार्यान्वयनका लागि ल्याइएको अध्यादेश तत्कालै पास गरेर कार्यान्वयनमा हुनुपर्नेमा बुढाले जोड दिनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले राजनीतिक मुद्धाहरुलाई फौजदारी मुद्धाहरुसँग दाँज्न नहुँनेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह सचिव यज्ञ बिष्ट, नेकपा एमालेका जिल्ला सह सचिव रचना मल्ल, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य रमेश मल्ल, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उप प्राध्यापक हरिबिष्णु ओली, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेगराज खड्का, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलले आफ्ना धारणा राख्नुभएको थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य हरि पुनको संचालन, सेक्रेटरी भाष्कर मल्लको अध्यक्षता र अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक धनु ओलीको स्वागत मन्तव्य रहेको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाको प्रमुख आथित्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्