Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध लागूऔषध सहित पक्राउ 

काठमाडौं १ जेठ ।
tribeni2

काठमाडौं महानगरपालिका-१ सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाललाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५.३९ ग्राम, तौल गर्ने मेशिन १ थान, लागूऔषधको कालो धुलो ५ ग्राम, नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बिक्री बितरण गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले ढकालको कोठा खानतलासी गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट सोही गाउँपालिका-२ संग्रामपुर टोल बस्ने २२ वर्षीय उमेश चन्द्र राय र १९ वर्षीय राहुल राय यावदलाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० इ १७१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोरामा बेरेर राखेको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्